सूचना
संक्षिप्त परिचय
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो | साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ | यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलारियाबाट ६ कि.मि. दुरीमा पश्चिम दक्षिणमा अवस्थित छ र यस नगरपालिकाको पूर्वमा बारबर्दिया नगरपालिका ,पश्चिममा राजापुर नगरपालिका र छिमेकि मुलुक भारत , उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलारिया नगरपालिका र छिमेकि मुलुक भारत सँग सिमाना जोडिएको छ| यस नगरपालिकाको क्षेत्रफल १२९.७३ वर्ग कि.मि. रहेको छ यो नगरपालिका अक्षांश २६० २१' उत्तर देखि २९० ७' उत्तर सम्म र देशान्तर ८०० २१' पूर्व देखि ८१० १०' पूर्व सम्म छ भने समुन्द्र सतहबाट उचाई १७५ मिटर रहेको छ | यस नगरपालिकामा ११२४३ घरधुरीमा कुल जनसंख्या ५८३४६ रहेको छ | हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् | मधुवन न.पा.को अधिकांश खेतीयोग्य जमिन समथर भएकोले माटोको बनावटमा धेरै समानता पाइन्छ | दोमट र चिम्टाईलो माटो पाईने यस न.पा.मा उर्बर भूमिको प्रचुरताले गर्दा कृषि उत्पादन भएको पाइन्छ |
जनसंख्या र सामाजिक परिवेश :
२०७५ साल असोजमा मधुवन नगरपालिका शिक्षा शाखा मार्फत गरिएको घरधुरी सर्वेक्षण अनुसार नगरपालिकामा ११२४३ घरधुरी रहेको छ भने कुल जनसंख्या ५८३४६ रहेको छ | जस मध्ये महिलाको जनसंख्या २८८२९(४९.४१%) र पुरुषको जनसंख्या २९५१७(५०.५९%) रहेको छ |
नगरपालिकाको वडागत रुपमा जनसंख्या बिवरण :
वडा नं | घरधुरी संख्या | महिलाको संख्या | पुरुषको संख्या | जम्मा जनसंख्या |
१ | १२२० | ३१६४ | ३२६४ | ६४२८ |
२ | १०१४ | २८११ | ३२१८ | ६०२९ |
३ | ९०८ | २४७५ | २४८८ | ४९६३ |
४ | १२९६ | ३५०६ | ३४५३ | ६९५४ |
५ | १४७६ | ३५६० | ३७२६ | ७२८६ |
६ | ११८० | २९५५ | ३०४९ | ६००४ |
७ | १५७१ | ३७७१ | ३८५९ | ७६३० |
८ | १३२० | ३२१४ | ३२४५ | ६४५९ |
९ | १२५८ | ३३७८ | ३२१५ | ६५९३ |
जम्मा | ११२४३ | २८८२९ | २९५१७ | ५८३४६ |
श्रोत: मधुवन नगरपालिका शिक्षा शाखा सर्वेक्षण २०७५
नगरपालिकाको जातिगत बिवरण :
जातजाति | महिला संख्या | पुरुष संख्या | जम्मा जनसंख्या |
दलित | ४५४२ | ४५३४ | ९०७६ |
आदिबासी , जनजाति | १५१९७ | १५९२० | ३१११७ |
अन्य ब्रामण /क्षेत्री /ठकुरी /सन्यासी | ९०९० | ९०६३ | १८१५३ |
जम्मा | २८८२९ | २९५१७ | ५८३४६ |
श्रोत: मधुवन नगरपालिका शिक्षा शाखा सर्वेक्षण २०७५
धार्मिक अवस्था :
धार्मिक दृस्टीकोण बाट हेर्दा यस नगरपालिकाका अधिकांश मानिसहरु हिन्दुधर्म (९६.८६%) मान्दछन भने बौद्द( ०.१८% ) मुस्लिम (१.२३%), इसाई (१.७३%) धर्म मान्नेहरु रहेका छन् |
सास्कृतिक तथा पर्यटकीय अवस्था :
यो नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा सास्कृतिक सम्पदाहरु रहेका छन् | बर्दिया रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र , खाता जैविक मार्ग, गेरुवा कर्णाली पुल, ऐतिहासिक ताराताल लगायतका विभिन्न मन्दिर, चर्च तथा गुम्बा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् | विभिन्न उत्सब र चाडपर्बमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन | यहाँ बसोबास गर्ने ब्राह्मण , क्षेत्री , थारु, मधेसी, दलित, मगर, गुरुङ, नेवार जातिको बसोबास भएको यस नगरपालिकामा मुख्यतय शिवरात्री, दशैं, माघे संक्रान्ति, चैते दशैं जस्ता चाडपर्वमा विशेषगरी यस क्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ | थरुजातिको मौलिक सस्क्रितले पनि यस क्षेत्रको बिशिस्ट सास्कृतिक पहिचान बोकेको छ |
भौतिक पूर्वाधार :
यस नगरपालिकाको उपलब्ध तथ्यांक अनुसार नगर क्षेत्रभित्र रहेका सडकहरुको कुल लम्बाई १८३.३ कि.मि रहेको छ | जसमा ५२.५ कि.मि. कालोपत्रे, ५२.५ कि.मि. कालोपत्रे, १३०.८ कि.मि. ग्राभेल/मौसमी /कच्ची सडक रहेका छन् | यस नगरपालिकामा १२ वटा पुल/पुलेसा (कल्भर्ट) रहेका छन् | शिक्षाको हकमा यस नगरपालिकामा ४१ वटा बिद्यालय रहेका छन् भने १ वाता क्याम्पस रहेको छ | यस नगरपालिकामा हाल सम्म सार्वजनिक शौचालय नभएता पनि मुख्य बजार केन्द्रहरुमा निर्माणका लागि पहल भई रहेको छ |ओराली,माछड बेलवा ,प्रगति, कुसुम्बा र मधुवन बजार हुने भाने साप्ताहिक रुपमा केहि स्थानहरुमा हाट बजार पनि रहेका छन् |
हाल सम्मको तथ्यांक अनुसार व्यवस्थित पाइपको खानेपानी प्रयोग गर्ने ५७.८१ प्रतिशत, छन् भने बाकि घरधुरीले ट्युबेलबाट इनार कुवा, जरुवाको खानेपानी प्रयोग गरि रहेका छन् भने बिधुत ८७.७९ प्रतिशत घरधुरीको पहुँचमा छ संचारमा भाने धेरै जसो जनताको पहुचमा रहेको पाइन्छ |
नागारपलिकाका प्राय सबै बस्तीहरुलाई लक्षित गरि सहरी स्वास्थ्य केन्द्र , सामुदायिक स्वाथ्य एकाई, स्वास्थ्य चौकी, बर्थीङ्ग सेन्टर तथा निजी क्लिनिखारु समेतले उपचार सेवा दिईरहेका छन् |
सिचाइको अवस्था
१. | सिंचित | ४८.८ | ३४.२१ ब.कि. |
२. | असिंचित | ५१.२ | ३५.८८ ब.कि. |
जम्मा | ७०.०९ ब.कि. |