संक्षिप्त परिचय

मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चल बर्दिया जिल्लाको पूर्बमा गुलरिया नगरपालिका पश्चिममा ठाकुरबाबा नगरपालिका उत्तरमा बारबर्दिया नगरपालिका र दक्षिणमा मित्र राष्ट्र भारतको उत्तर प्रदेश सँग जोडिएको मधुवन नगरपालिका नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७३/११/२७  गतेको निर्णय अनुसार घोषणा गरीएको हो । वि.सं.२०३४—२०३५साल सम्म तत्कालिन पुर्नवास कम्पनीले नेपाल राज्यका विभिन्न स्थानबाट बसाइसराइ गरी साविकताराताल गा.वि.स.बसोबास गर्दै आएको र वि.सं.२०४० सालमा बर्दिया जिल्लाका बबई उपत्यका अन्तर्गत सानोश्री गा.वि.स.लाई बर्दिया राष्ट्रिय निकुञ्ज विकास गर्ने क्रममा ताराताल क्षेत्र बसाइसरी यस क्षेत्रमा बसोबास गरिएको साविक सानोश्री , ताराताल , सूर्यपटुवा र ढोडरी गा.वि.स.लाई एकिकरण गरी मधुवन  नगरपालिका नामाङ्करण गरिएको छ ।  पूर्ण सरसफाई,पूर्ण साक्षर,पूर्ण खोपसहितको एक समृद्घ नगरपालिका बनाउने हाम्रो दुर दृष्टि रहेको छ ।

विषेशताहरुः– क.उर्वर भूमि ख.जैविक विविधता ग.सांस्कृतिक विविधता घ.ऐतिहासिक ताराताल ङ. पवित्र सरजु नदि (बबई) च.योजनाबद्घ र व्यबस्थित बसोबास छ. लोपोन्मुख वनस्पति (दत्तिवन) ज. प्राविधिक शिक्षाको उपलब्धता(कृषि÷भेटनेरी)झ.जिल्लाकै उत्कृष्ट व्यापारिक केन्द्र(कुसुम्बा बजार)कुल जनसङ्ख्या(जनगणना २०६८ अनुसार) ४६४३७  छ. कुल क्षेत्रफल १२९.७३ र्ग कि.मि.